Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

युद्धविरामकै बीचमा गाजामा इजरायली आक्रमण

युद्धविरामकै बीचमा गाजामा इजरायली आक्रमण

मंगलवार , चैत्र ४, २०८१

एजेन्सी । इजरायलले गाजामा फेरि आक्रमण सुरु गरेको छ।

इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो।

यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्।

जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो।

इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित गरिएको बताएको छ।

इजरायलले विगत दुई हप्तादेखि गाजामा खाद्यान्न, औषधि, इन्धन र अन्य आपूर्तिको प्रवाह रोकेको छ।

हमासलाई युद्धविराम सम्झौतामा परिवर्तनहरू स्वीकार गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077