Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

इजरायलको आक्रमणबाट गाजामा कम्तीमा ३२६ जना मारिए, मृत्यु हुनेमा अधिकांश बालबालिका

इजरायलको आक्रमणबाट गाजामा कम्तीमा ३२६ जना मारिए, मृत्यु हुनेमा अधिकांश बालबालिका

मंगलवार , चैत्र ४, २०८१

काठमाडौं। इजरायलले जनवरीको युद्धविरामपछि मंगलबार गाजा पट्टीमा भीषण आक्रमण गरेको छ । आक्रमणमा परी कम्तीमा ३२६ जना प्यालेस्टिनी मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मंगलबार इजरायलले गागा क्षेत्रभरी, जसमा दक्षिणी गाजामा खान युनिस र रफाह, उत्तरमा गाजा शहर र देइर अल–बलाह जस्ता मध्य क्षेत्रहरूमा भीषण आक्रमण गरेको अलजजिराले जनाएको छ ।

अलजजिराका अनुसार मारिनेमा अधिकांश बालबालिकाहरू रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्यालेस्टाइनका स्वास्थ्यमन्त्रीले भनेका छन्–‘३२६ जना शहीदहरूको शव गाजाको अस्पतालमा आइपुगेका छन् । अरू थुप्रै पीडितहरू अझै भग्नावशेषमुनि छन् ।’

गाजामा शासन गर्ने हमासले इजरायलको आक्रमणलाई जनवरी १९ मा सुरु भएको युद्धविरामको एकतर्फी रद्दको रूपमा हेरेको बताएको छ।

साथै हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविराम विस्तार गर्ने गतिरोधपछि ‘युद्ध पुनः सुरु गर्ने’ निर्णय गरेको आरोप लगाएको छ ।

इजरायलले आक्रमणको लहर सुरु गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग परामर्श गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077