Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पुटिनले वाचा तोडेको जेलेन्स्कीको आरोप

पुटिनले वाचा तोडेको जेलेन्स्कीको आरोप

बुधवार , चैत्र ५, २०८१

एजेन्सी । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि वाचा तोडेको आरोप लगाएका छन् ।

पुटिनले युक्रेनी ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा गरेको वाचा तोडेको जेलेन्स्कीले आरोप लगाएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्तापछि पुटिनले युक्रेनी उर्जा पूर्वाधारमा आक्रमण रोक्न आदेश दिने बताएका थिए ।

तर त्यही रात युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसले १ सय ५० वटा ड्रोन प्रहार गरेको जेलेन्स्कीले बताए ।

रुसले मंगलबार राति यातायात पूर्वाधार र अस्पतालमा पनि आक्रमण गरेको जेलेन्स्कीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077