Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इजरायलको चेतावनी - हमासले बन्धक मुक्त नगरे गाजा क्षेत्र पूर्णरूपमा ध्वस्त पार्छौँ

इजरायलको चेतावनी - हमासले बन्धक मुक्त नगरे गाजा क्षेत्र पूर्णरूपमा ध्वस्त पार्छौँ

बिहिवार , चैत्र ६, २०८१

एजेन्सी । इजरायलले प्यालेस्टिनी समूह हमासले बाँकी बन्धकहरू मुक्त नगरे गाजा क्षेत्रलाई पूर्णरूपमा ध्वस्त पार्ने चेतावनी दिएको छ ।

इजरायली रक्षामन्त्री इजरायल कात्जले एक भिडियोमार्फत यस्तो चेतावनी दिएका हुन् । उनले गाजाका स्थानीयलाई क्षति पुर्‍याउने कुनै नियत नभएको तर बन्धकहरूको रिहाइमा कुनै सम्झौता नगर्ने चेतावनी दिए ।

'गाजाका बासिन्दाहरू, यो अन्तिम चेतावनी हो,' उनले एक भिडियोमा भनेका छन्, 'यदि सबै इजरायली बन्धकहरूलाई रिहा गरिएन र गाजाबाट हमासलाई हटाइएन भने इजरायलले तपाईंले पहिले कहिल्यै नगरेको शक्ति प्रयोग गर्नेछ। अमेरिकी राष्ट्रपतिको सल्लाह लिनुहोस् । बन्धकहरूलाई फिर्ता गर्नुहोस् र हमासलाई हटाउनुहोस् ।

त्यसो गरेको खण्डमा गाजाबासीका लागि अन्य विकल्पहरू खुला हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077