Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

शिक्षा विभाग बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय

शिक्षा विभाग बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय

शुक्रवार , चैत्र ७, २०८१

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा विभागलाई बन्द गरेका छन्।

ट्रम्पले शिक्षा विभागलाई बन्द गर्ने निर्देशनसहित एक कार्यकारी आदेशमा हस्ताक्षर गका हुन् । यो निर्णय ट्रम्पको चुनावी वाचा मध्ये एक थियो।

आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले भने, ‘हामी यसलाई सकेसम्म चाँडो बन्द गर्नेछौं। यसबाट कुनै फाइदा भइरहेको छैन।’

ट्रम्पले लामो समयदेखि शिक्षा विभाग खारेज गर्ने माग गर्दै आएका थिए। यद्यपि, यसलाई पूर्ण रूपमा बन्द गर्नका लागि अमेरिकी संसद (कंग्रेस) को स्वीकृति आवश्यक हुनेछ, जुन तत्काल सम्भव देखिँदैन।

ट्रम्पको यो कदमलाई पहिले नै कानुनी चुनौतीहरू सामना गर्नुपरेको छ। केही समूहहरूले शिक्षा विभाग बन्द गर्ने र अघिल्लो हप्ता घोषणा गरिएका कर्मचारी कटौतीको निर्णयलाई रोक्ने प्रयासमा मुद्दा दायर गरेका छन्।

विद्यार्थीहरूको कमजोर सफलता दरप्रति असन्तुष्टि जनाउँदै ट्रम्पले भने, ‘अमेरिका अरू कुनै देशभन्दा धेरै शिक्षा क्षेत्रमा पैसा खर्च गर्छ, तर यसका बाबजुद पनि विद्यार्थीहरूको नतिजा कमजोर छ।’

शिषा विभाग कलेज र विश्वविद्यालयका विद्यार्थीहरूका लागि संघीय छात्रवृत्ति र ऋण व्यवस्थापन गर्ने, साथै कम आय भएका र शारीरिक रूपमा अशक्त विद्यार्थीहरूलाई सहायता पुर्‍याउने काम गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077