एजेन्सी । गाजामा इजरायलको आक्रमणमा परी हमासका शीर्ष नेता मारिएका छन् ।
आइतबार गाजाको दक्षिणी भूभाग खान युनिसमा इजरायलले गरेको हवाई आक्रमणमा हमासका राजनीतिक नेता सलाह अल बर्दाविल मारिएका हुन् ।
हवाई आक्रमणमा नेता बर्दाविलसहित उनकी श्रीमती पनि मारिएको बताइएको छ ।
बर्दविल राजनीति समितिको शीर्षमध्येका एक सदस्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
इजरायली आक्रमण परी उनको मृत्यु भएको हमासका अधिकारीहरूले पनि पुष्टी गरेका छन् ।