Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

क्यानडामा मध्यावधि चुनाव घोषणा

क्यानडामा मध्यावधि चुनाव घोषणा

सोमवार , चैत्र १०, २०८१

एजेन्सी । क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले आउँदो अप्रिल २८ तारिखमा मध्यावधि चुनाव गर्ने घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार युद्ध चलिरहेको बेलामा प्रधानमन्त्रीको रूपमा शपथ लिएका कार्नीले एक हप्तामै मध्यावधि चुनावको घोषणा गरेका हुन् ।

चुनावमा लिबरल पार्टीका कार्नीले कन्जर्भेटिभ पार्टीका नेता पियर पोइलिएभरसँग प्रतिस्पर्धा गर्नेछन् ।

पछिल्लो चुनावी विश्लेषणहरूले दुई पार्टीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गर्दै आएको छ । चुनाव घोषणा भएसँगै क्यानडाको संसद् पनि भङ्ग भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077