Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

यमनमा हुथी समूहमाथि हुने सम्भावित अमेरिकी हमलाकोको गोप्य योजना बाहिरियो

यमनमा हुथी समूहमाथि हुने सम्भावित अमेरिकी हमलाकोको गोप्य योजना बाहिरियो

मंगलवार , चैत्र ११, २०८१

एजेन्सी । यमनमा हुथी सशस्त्र समूहमाथि हुन लागेको अमेरिकी आक्रमणको पूर्वसूचना बाहिर आएको छ ।

अमेरिकी वरिष्ठ अधिकारीहरुबीच ग्रुप च्याट हुँदाहुँदै गोप्य योजना पत्रकारकोमा पुगेको हो ।

अमेरिकी वरिष्ठ अधिकारीहरुबीच हुथी विद्रोही समूहविरुद्ध आक्रमणको योजनाबारे ग्रुपच्याटमा चर्चा भईरहेका बेला भूलवस एक पत्रकारलाई ‘एड’ गर्न पुगेको र योजनाबारे सूचना चुहावट भएको खबरमा उल्लेख छ ।

च्याटमा हुथी समूहमाथि हुने सम्भावित अर्को आक्रमणको विस्तृत जानकारी थियो ।

द एटलान्टिक पत्रिकाका प्रधान सम्पादक जेफरी गोल्डबर्गले आफुलाई ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले ग्रुपच्याटमा समावेश गरेको बताए । यो घटना अन्जानमा भएको ह्वाइट हाउसले पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077