Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

'ब्ल्याक सी' र ऊर्जामा आक्रमण नगर्न युक्रेन-रुस सहमत

'ब्ल्याक सी' र ऊर्जामा आक्रमण नगर्न युक्रेन-रुस सहमत

बुधवार , चैत्र १२, २०८१

एजेन्सी । ब्ल्याक सीमा जहाजहरूको सुरक्षित आवागमन र सैन्य आक्रमण रोक्न रुस र युक्रेनबीच सम्झौता भएको छ ।

यससँगै, दुवै देशले एकअर्काको ऊर्जा प्रतिष्ठानहरूमा आक्रमण रोक्न उपायहरू विकास गर्ने छन् ।

ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै दुवै देशले ब्ल्याक सीमा जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न, बल प्रयोग रोक्न र सैन्य उद्देश्यका लागि व्यावसायिक जहाजहरूको प्रयोग रोक्न सहमत भएको जनाएको छ।

यस सम्बन्धमा अमेरिकाले युक्रेन र रुससँग छुट्टाछुट्टै सम्झौता गरेको छ। सोमबार साउदी अरेबियाको रियादमा अमेरिका र रुसबीच १२ घण्टाभन्दा बढी समयसम्म बैठक चलेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077