Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कारमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

कारमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

बिहिवार , चैत्र १३, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विदेशबाट आयातित सबै गाडीमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले यो निर्णय २ अप्रिलबाट लागू हुने घोषणा गरेका हुन् । ट्रम्प यो निर्णयले अमेरिकामा कारको व्यवसाय फस्टाउने तथा रोजगारीको अवसर सिर्जना गर्ने बताउँछन्।

यसले केही हप्ताअघि लागू गरिएको अन्य शुल्कहरू पछि उत्पन्न भएको बजार अस्थिरतालाई थप उग्र बनाउँदै विश्वव्यापी व्यापार युद्धलाई अझ जटिल बनाएको छ । ट्रम्पले भनेका छन, “हाम्रो गाडी निर्माण उद्योग पहिलेभन्दा अझ राम्रो प्रगति गर्नेछ ।”

अमेरिकामा करिब १० लाखभन्दा बढी कामदार रोजगारीमा संलग्न अटो उद्योगलाई लक्षित गरिएको यस कदमले उपभोक्ताहरूका लागि गाडीको मूल्य महँगो बनाउने जोखिम रहेको विज्ञहरूले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077