Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतको गुप्तचर संस्था ‘रअ’लाई अमेरिकामा प्रतिबन्ध लगाउन सिफारिस

भारतको गुप्तचर संस्था ‘रअ’लाई अमेरिकामा प्रतिबन्ध लगाउन सिफारिस

बिहिवार , चैत्र १३, २०८१

एजेन्सी । अमेरिकाले भारतको जासुसी संस्था ‘रअ’ लाई प्रतिबन्ध लगाउन सिफारिस गरेको खुलेको छ ।

अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगले भारतमा अल्पसंख्यकहरूलाई नराम्रो व्यवहार भइरहेको आरोप लगाउँदै ‘रअ’ लाई प्रतिबन्ध लगाउन सिफारिस गरेको खुलेको हो ।

सिख पृथकतावादीहरू विरुद्धको हत्याको षड्यन्त्रमा गुप्तचर निकायको पनि संलग्नता रहेको आरोप अमेरिकी आयोगको छ । आयोगले भारतलाई ‘विशेष चासोको देश’ घोषणा गर्न पनि सिफारिस गरेको प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकाले भारतसँग घनिष्ठ सम्बन्ध बनाउने प्रयास गरेका कारण भारतमा मानवअधिकारका मुद्दाहरूलाई बेवास्ता गरिएको बताइएको छ ।

तर, अमेरिकाले भारतको खुफिया एजेन्सी रिसर्च एण्ड एनालिसिस विंग ‘रअ’ माथी प्रतिबन्ध लगाउने आशा कमै रहेको विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077