Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

टिकटकलाई लिएर चीनसँग ट्रम्पको यस्तो ‘ब्ल्याकमेल’

टिकटकलाई लिएर चीनसँग ट्रम्पको यस्तो ‘ब्ल्याकमेल’

बिहिवार , चैत्र १३, २०८१

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको बिक्रीका लागि चीनलाई एक प्रस्ताव राखेका छन्। बीबीसीका अनुसार ट्रम्पले टिकटक बिक्री प्रक्रिया सुनिश्चित गरे अमेरिकाले चीनमाथि लगाइएको भन्सार शुल्क घटाउन तयार रहेको बताएका छन् ।

टिकटक चिनियाँ कम्पनी बाइटडान्स स्वामित्वको एप हो । ट्रम्पले टिकटक खरिद गर्ने कुनै गैर–चिनियाँ खरिदकर्तालाई खोज्न ५ अप्रिलको समयसीमा लम्ब्याउन आफू तयार रहेको पनि बताएका छन् ।

यसअघि पूर्व राष्ट्रपति जो बाइडेन प्रशासनअन्तर्गत टिकटकमा प्रतिबन्ध लगाउने एक कानून पारित भएको थियो। तर, ट्रम्पले सत्ता सम्हालेपछि जनवरीमा उक्त कानून लागू गर्न ढिलाइ गरिएको थियो।

यो कानुन सन् २०२४ मा पारित भएको थियो। राष्ट्रिय सुरक्षालाई आधार मानेर टिकटकलाई बेच्ने वा यसमा प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो। बुधबार ट्रम्पले पत्रकारहरूसँग भने–‘टिकटकको विषयमा चीनले भूमिका निभाउनुपर्छ। मलाई लाग्छ, उनीहरूले त्यसो गर्नेछन्।’

ट्रम्पले ५ अप्रिलको समयसीमाभित्र यो मुद्दामा सहमतिको ढाँचा तयार हुने विश्वास पनि व्यक्त गरेका छन् । उनले अगाडि थपे–‘यो काम सफल बनाउनका लागि म ट्यारिफमा केही कटौती गर्न सक्छु, वा अरू केही कदम चाल्न सक्छु।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077