एजेन्सी । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँगको पुरानो सम्बन्ध सकिएको घोषणा गरेका छन् ।
उनले नियमित मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै अर्थतन्त्रको गहिरो एकीकरण, कडा सुरक्षा र सैन्य सहकार्यमा आधारित अमेरिका र क्यानडाको पुरानो सम्बन्ध सकिएको घोषणा गरेका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करको सामना गरिरहेका आफ्ना नागरिकले आधारभूत रूपमा क्यानडाको समग्र अर्थतन्त्रको पुनर्कल्पना गर्नुपर्ने प्रधानमन्त्री कार्नीको भनाइ छ ।
उनले प्रतिशोधात्मक रुपमा अमेरिकामा अधिकतम प्रभाव पर्ने गरि करको बदला र लगाउने तयारी गरिरहेको बताए ।
ट्रम्पले हिजो मात्रै पनि अमेरिकामा आउने सबै कार र कारका पार्टपुर्जाहरुमा २५ कर लगाउने घोषणा गरेका थिए ।