Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

म्यानमारमा दुई शक्तिशाली भूकम्प, भारतसम्म धक्का महसुस

म्यानमारमा दुई शक्तिशाली भूकम्प, भारतसम्म धक्का महसुस

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं। म्यानमार शुक्रबार गएको शक्तिशाली भूकम्पको धक्का भारतदेखि थाइल्याण्डसम्म महसुस गरिएको छ ।

भारतको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार स्थानीय समयअनुसार ११ बजेर ५० मिनेट जाँदा ७.२ म्याग्निच्युडको भूकम्प गएको हो । यूएयसजीएसले भने सागाइङभन्दा १६ किलोमिटेर उत्तरपश्चिम केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ७.७ रहेको बताएको छ ।

केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर तल रहेको थियो । हालसम्म क्षतिको विवरण भने प्राप्त हुनसकेको छैन ।

भारतीय मिडियाहरुले दिल्ली एनसीआरमा समेत भूकम्पको धक्का महसुस गरिएको बताएका छन् । उता, थाइल्याण्डको राजधानी बै‌ंककमा पनि भूकम्पले मज्जाले हल्लाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077