Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

म्यानमार र थाइल्याण्डपछि अफगानिस्तानमा पनि भूकम्पको धक्का

म्यानमार र थाइल्याण्डपछि अफगानिस्तानमा पनि भूकम्पको धक्का

शनिवार , चैत्र १५, २०८१

एजेन्सी । म्यानमार र थाइल्याण्डपछि अब अफगानिस्तानमा पनि भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार शनिबार बिहान अफगानिस्तानमा छोटो समयको अन्तरमा दुई भूकम्प गएका हुन् ।

केन्द्रले सामाजिक सञ्जालमा जनाएअनुसार पहिलो भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको छ। त्यसको केही समयपछि दोस्रो भूकम्प आएको थियो, जुन ४.७ म्याग्निच्युडको थियो।

शुक्रबार म्यानमार र थाइल्याण्डमा आएका शक्तिशाली भूकम्पमा परेर १५० भन्दा धेरैले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077