एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास संस्था यूएसएआइडीलाई प्रभावकारी रुपमा पुनर्गठन गर्ने घोषणा गरेको छ ।
विदेश मन्त्री मार्को रुबियोले निकालेको विज्ञप्तिमा सन् २०२५ को जुलाई १ सम्ममा युएसएआइडीका केही कार्यक्रमहरु पुनः समेट्ने गरी पुनर्गठन गर्ने आफ्नो आशयबारे विभागलाई जानकारी गराएको उल्लेख गरिएको छ ।
अमेरिकी विदेश मन्त्रालयले ट्रम्प प्रशासनको प्राथमिकतासँग मेल नखाने यूएसएआइडीका बाँकी कामहरू बन्द गर्ने योजना बनाएको बताइएको छ ।
गएको जनवरीमा पदभार ग्रहण गरेपछि रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० दिनका लागि अमेरिकी वैदेशिक सहायता रोक्का गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।