एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू तेस्रोपटक प्रधानमन्त्री बन्ने बारेमा विचार गरिरहेको टिप्पणी गरेका छन् ।
आइतबार एनबीसी न्यूज च्यानललाई दिइएको अन्तर्वार्तामा उनले आफू तेस्रोपटक प्रधानमन्त्री बन्ने बताएका हुन् ।
उनले प्रधानमन्त्री बन्न संविधान पनि परिवर्तन गर्ने विषयमा सोचिरहेको बताए ।
ट्रम्पको कार्यकाल २०२९ मा समाप्त हुनेछ। अमेरिकामा दुई पटक राष्ट्रपति बन्ने प्रावधान छ । तेस्रो कार्यकालका लागि पनि राष्ट्रपति बन्ने कैयौं तरिका भएको उनले बताए ।