एजेन्सी । भारतको गुजरातमा रहेको पटाका गोदाममा विस्फोट भएपछि आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
बनासकाँठा जिल्लाको डीसा नगरमा भएको घटनामा मृतकमध्ये सबै मध्य प्रदेशबाट आएका मजदुर रहेका छन् ।
शुरूमा छ जनाको ज्यान गएको पाइए पनि आगो निभाएर खोजी गर्दा मृतकको सङ्ख्या बढेको हो । विस्फोटका कारण कारखानाको स्ल्याब खसेर मजदुरहरु पुरिएका थिए ।
घटनाका बेला कति मजदुरहरू उपस्थित थिए भन्ने अझै यकिन हुन सकेको छैन ।