एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज विश्वभर पारस्परिक करको घोषणा गर्ने भएका छन् ।
ट्रम्पले बुधबार स्थानीय समय अनुसार साँझ ४ बजे रोज गार्डेनमा 'मेक अमेरिका वेल्थी अगेन' कार्यक्रममा यस्तो घोषणा गर्न लागेका हुन् ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले कर घोषणा भएलगत्तै लागू हुने बताइन् ।
ट्रम्पले धेरै पटक अप्रिल २ लाई अमेरिकाको मुक्ति दिवसको रूपमा वर्णन गरेका पनि उनले उल्लेख गरेकी छन् ।
यस दिन उनीहरूले भारत लगायत अन्य धेरै देशहरूमा पारस्परिक शुल्क लगाउने उनको भनाइ छ।