एजेन्सी । बुधबार बिहान पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले पाकिस्तानमा भूकम्पको तीव्रता ४.३ रहेको जनाएको छ ।
सोही समयमा अफगानिस्तानमा भूकम्पको तीव्रता ४.७ थियो ।
गत शुक्रबार थाइल्याण्ड र म्यानमारमा भूकम्पको धक्का महसुस गरिएको थियो ।