Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

दक्षिण कोरियाका राष्ट्रपतिको राजद्रोहको अभियोग सदर, आज नै पदमुक्त

दक्षिण कोरियाका राष्ट्रपतिको राजद्रोहको अभियोग सदर, आज नै पदमुक्त

शुक्रवार , चैत्र २१, २०८१

काठमार्डौ । संवैधानिक अदालतले दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलको महाभियोगलाई सदर गर्दै तत्काल पदमुक्त गरेको छ ।

उनलाई गत डिसेम्बर ३ मा सैन्य शासन घोषणा गरेको आरोपमा राजद्रोहको अभियोग लगाइएको थियो।

संवैधानिक अदालतका आठैजना सदस्यले योलमाथिको अभियोग सदर गरी उनलाई पदमुक्त गर्ने फैसलामा गरेको हो ।

राष्ट्रपति युनलाई पदच्युत गर्ने निर्णय राष्ट्रिय सभाले महाभियोग प्रस्ताव पारित गरेको १११ दिनपछि भएको कार्यवाहक प्रधानन्यायाधीश मुन ह्युङ बेले बिहान जानकारी गराएका थिए ।

यसअघि मार्च २०१७ मा तत्कालीन राष्ट्रपति पार्क ग्युन हेको महाभियोग सदर गरिएको थियो।

संविधानको धारा ६८ अनुसार, संवैधानिक अदालतको निर्णयपछि ६० दिनभित्र नयाँ राष्ट्रपति चुनाव गरिनुपर्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077