Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अमेरिकी आयातमा ३४ प्रतिशत कर लगाउने चीनको घोषणा

अमेरिकी आयातमा ३४ प्रतिशत कर लगाउने चीनको घोषणा

शुक्रवार , चैत्र २१, २०८१

एजेन्सी । चीनले शुक्रबार अमेरिकी आयातमा ३४ प्रतिशत कर लगाउने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बढ्दो विश्वव्यापी व्यापार युद्धमा नयाँ करविरुद्ध जवाफी कारबाही गर्ने चीन पहिलो प्रमुख अर्थतन्त्र बनेको छ ।

संयुक्त राज्य अमेरिकाको शीर्ष व्यापारिक साझेदारमध्ये एक चीन सबै अमेरिकी आयातमा ३४ प्रतिशत भन्सार शुल्क अप्रिल १० देखि लागु हुने घोषणा गर्ने पहिलो मुलुक हो ।

चीनले भन्सार शुल्कमाथि विश्व व्यापार संगठन (डब्लूटीओ) मा मुद्दा दायर गर्ने बताएको छ ।

चीनले चिकित्सा प्रविधि र उपभोक्ता इलेक्ट्रोनिक्समा प्रयोग हुने केही दुर्लभ खनिज तत्त्वहरूमा निर्यात नियन्त्रण लगाउने पनि बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077