Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पपुवा न्युगिनीमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

पपुवा न्युगिनीमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिवार , चैत्र २२, २०८१

एजेन्सी । पपुवा न्युगिनीको न्यु ब्रिटेन क्षेत्रको तटमा शक्तिशाली भूकम्प गएको छ ।

युरोपेली–भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्र (ईएमएससी) का अनुसार स्थानीय समय अनुसार शनिबार बिहान ७.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

यो भूकम्प बिहान करिब ६ः०४ बजे गएको थियो। यसको केन्द्रबिन्दु किम्बे शहरबाट १९४ किलोमिटर पूर्वमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले उल्लेख गरेको छ।

ईएमएससीका अनुसार भूकम्पको गहिराइ ४९ किलोमिटर रहेको छ । अमेरिकी सुनामी चेतावनी केन्द्रले पपुवा न्यु गिनीको तटीय क्षेत्रमा सुनामी लहर आउन सक्ने चेतावनी जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077