Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जेलेन्स्कीको शहरमा रुसी मिसाइल आक्रमण

जेलेन्स्कीको शहरमा रुसी मिसाइल आक्रमण

शनिवार , चैत्र २२, २०८१

एजेन्सी । युक्रेनको शहर क्रीभये रिहमा भएको रुसी मिसाइल आक्रमणमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

आक्रमणमा अन्य कैयौं घाइते भएका छन् । युक्रेनी अधिकारीहरुका अनुसार आक्रमण गरिएको शहरमा युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की हुर्किएका थिए ।

राष्ट्रपति जेलेन्स्कीले रुसी मिसाइल आक्रमणमा मारिनेमध्ये बालबालिकासमेत रहेको बताएका छन् । स्थानीय अधिकारीका अनुसार आक्रमण गरिएको मिसाइल ब्यालेस्टिक हो ।

केही घण्टाअघि राष्ट्रपति जेलेन्स्कीले एक्समा एक पोस्ट गर्दै आक्रमणमा १६ जनाको मृत्यु भएको र जसमा ६ जना बालबालिका रहेको बताएका थिए । तर अहिले यो संख्या बढेर १८ पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077