Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अफगानिस्तानबाट गायब भएको ५ लाख अमेरिकी हतियार आतंकवादी संगठनको कब्जामा

अफगानिस्तानबाट गायब भएको ५ लाख अमेरिकी हतियार आतंकवादी संगठनको कब्जामा

आइतवार , चैत्र २३, २०८१

काठमाडौं । तालिबान शासित अफगानिस्तानबाट ५ लाख थान अमेरिकी हतियार गायब भएको समाचार बाहिर आएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीका अनुसार हराएका हतियारमध्ये केही अल कायदाका लडाकुसम्म पुगेका छन् ।

तस्करीको माध्यमबाट ती हतियार आतंकवादी संगठनहरुसम्म पुगेको अनुमान संयुक्त राष्ट्रसंघको छ ।

एक पूर्व अफगानी अधिकारीले बिबिसीलाई बताए अनुसार तालिबानले सन् २०२१ म अफगानिस्तानमाथि पुनः नियन्त्रणमा लिने बेला १० लाख सैन्य हतियार बुझेका थिए । ती अधिकांश हतियार अमेरिकाको आर्थिक सहायतामा खरिद गरिएका थिए ।

अमेरिकामा निर्मित एम फोर, एम १६ राइफलहरू थिए । त्यसबेला अफगानी सैनिक हतियार छाडेर भागेका थिए ।

गत वर्ष दोहामा राष्ट्रसंघीय सुरक्षा परिषदको प्रतिबन्ध समिति बैठकमा तालिबान अधिकारीले आफूहरूले सत्तामा आउने बेला बुझेका १० लाखमध्ये ५ लाख हतियार हराएको स्वीकार गरेका थिए ।

राष्ट्रसंघले गत महिना जारी गरेको एक रिपोर्टमा अल कायदासँग सम्बन्धित संगठनले कालो बजारीबाट ती हतियार किनेको उल्लेख गरेको छ ।

यसमा पाकिस्तानको तहरिक ए तालिबान, उज्बेकिस्तानको इस्लामिक मुभमेन्ट, इस्ट तुर्किस्तान इस्लामकि मुभमेन्ट र यमनको अन्सरुल्लाह मुभमेन्टजस्ता संगठनहरु पर्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077