Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अमेरिकाको ५० राज्यका १४ सय स्थानमा ट्रम्प र मस्कविरुद्ध प्रदर्शन

अमेरिकाको ५० राज्यका १४ सय स्थानमा ट्रम्प र मस्कविरुद्ध प्रदर्शन

आइतवार , चैत्र २३, २०८१

काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र डोज (डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी) प्रमुख इलन मस्कविरूद्ध प्रदर्शन भएको छ।

शनिबार अमेरिकाको ५० वटै राज्यमा ट्रम्प र मस्कविरूद्ध त्यहाँका नागरिकहरू सडकमा निस्किएर प्रदर्शन गरेका हुन्।

सिएनएनका अनुसार शनिबार अमेरिकाका १ हजार ४ सय स्थानमा ट्रम्प र मस्कविरूद्ध प्रदर्शन भएको थियो।

ट्रम्पले दोस्रो कार्यकालका लागि जिम्मेवारी सम्हालेको तीन महिना नहुँदै अमेरिकामा उनीविरूद्ध नागरिकहरू सडकमा निस्किएका हुन्।

यद्यपि उनको कार्यशैली र निर्णयका विषयमा सुरूवातदेखि नै चर्को आलोचना भए पनि प्रदर्शन नै भएको पहिलो पटक हो।

ट्रम्पले लिएको आप्रवासी नीति, संघीय सहायता कटौती, छिमेकी मुलुक र अन्य राष्ट्रहरूसँगको व्यवहारलाई लिएर अमेरिकाभित्रै ट्रम्प विरोधी आवाज बढ्न थालेको छ।

डोज सिर्जना गरी सिनेटले अनुमोदन नगरेका मस्कलाई त्यसको प्रमुख बनाइएको र सरकारको नीति निर्माणमा खुलमखुल्ला खेल्न दिएको भन्दै चर्को आलोचना हुँदै आएको छ।

डोजले सरकारी खर्च कटौतीबारे ट्रम्पलाई सल्लाह दिन्छ। मस्ककै सल्लाहमा संघीय कर्मचारी कटौती गर्ने र युएसएआइडीका कार्यक्रम रद्द गरिएको थियो।

हजारौँ प्रदर्शनकारी भेला भएर ‘ह्याङ अप’ प्रदर्शन गरेका हुन्। शनिबार नै बोस्टन, सिकागो, लस एन्जलस न्युयोर्क, वासिङ्टन र अन्य सहरमा प्रदर्शन भएको छ।

प्रदर्शनकारीले ट्रम्पका एजेन्डाले आर्थिक र सामाजिक अवस्था खराब भएको भन्दै प्ले कार्ड बोकेका छन्।

ट्रम्पले संसारका सबै देशका सामानमाथि कर लगाउन थालेपछि देश बाहिर पनि उनको विरुद्धमा प्रदर्शन हुन थालेको छ। लन्डन, पेरिस र बर्लिनमा पनि उनको विरुद्धमा प्रदर्शनको तयारी भएको हो।

बोस्टनमा प्रदर्शन गर्नेले आप्रवासी विद्यार्थीलाई विश्व विद्यालयबाट निकालेको घटनाले सबै भन्दा दुःखी बनाएको बताएका छन्।

गत महिना बोस्टन नजिककै टर्फ विश्व विद्यालयबाट मास्क लगाएर आएका सुरक्षाकर्मीले टर्कीका एक विद्यार्थीलाई गिरफ्तार गरेका थिए।

लन्डनमा मानिसलाई यातना दिन पाइँदैन भन्दै प्ले कार्ड बोकेर प्रदर्शन भएका छन्।

ट्रम्पको फेरिएको विदेश नीतिमा आपत्ति जनाउँदै ‘ह्यान्ड्स अफ क्यानडा,’ ‘ह्यान्डस अफ ग्रिनल्यान्ड’ र ‘ह्यान्ड्स अफ युक्रेन’ भन्दै नारा लगाइएको थियो।

वासिङ्टन डिसीमा उपस्थित प्रदर्शनकारीले डेमोक्र्याट सांसदको धारणा सुन्न चाहेका छन्। प्रदर्शनकारीले बिलिनियर एलन मस्कको सल्लाहमा अमेरिकाले दिँदै आएको सहयोग रकम कटौतीका विरुद्धमा आवाज उठाउने जनाएका छन्।

फ्लोरिडाका विधायक म्याक्सवेल फ्रोस्टले बिलिनियर मस्कले अमेरिकाको सरकार कब्जा गरेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077