Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

पार्टी राजनीतिमा फर्किए पूर्वउपराष्ट्रपति पासाङ, माओवादीले बनायो उपाध्यक्ष

पार्टी राजनीतिमा फर्किए पूर्वउपराष्ट्रपति पासाङ, माओवादीले बनायो उपाध्यक्ष

आइतवार , चैत्र २३, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई उपाध्यक्ष बनाएको छ ।

हालै बसेको पार्टी पदाधिकारी बैठकले उनलाई केन्द्रीय सदस्य र स्थायी समिति सदस्यमा मनोनयन गर्नुका साथै उपाध्यक्षको जिम्मेवारी दिएको हो ।

माओवादी पार्टी कार्यालयले पासाङलाई पदाधिकारीमा ल्याउने निर्णयअनुसार उपाध्यक्षको जिम्मेवारी दिएको बताइएको छ ।

यसअघि गत माघमै पासाङ पार्टी राजनीतिमा औपचारिक रूपमा फर्किएका थिए । अब भने उनी पदाधिकारीको थप जिम्मेवारीसहित पार्टी राजनीतिमा सक्रिय हुने भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077