Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

राप्रपालाई प्रसाशनले दिएन भृकुटीमण्डप, सिफल वा बल्खुमा आमसभा गर्न आग्रह

राप्रपालाई प्रसाशनले दिएन भृकुटीमण्डप, सिफल वा बल्खुमा आमसभा गर्न आग्रह

आइतवार , चैत्र २३, २०८१

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राप्रपालाई भृकुटीमण्डपमा आमसभा नगर्न अनुरोध गरेको छ ।

आइतबार राप्रपा बागमती प्रदेश कार्य समितिलाई पत्र पठाउँदै प्रशासनले चैत २६ गते भृकुटीमण्डपमा आमसभा आयोजना गर्न अनुमति नदिने निर्णय गरेको हो ।

यही चैत २६ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आमसभा गर्ने राप्रपा वाग्मती प्रदेश कार्यसमितिको तयारी छ । सोहीअनुसार राप्रपाले प्रशासनलाई पत्र पठाएको थियो ।

तर, प्रशासनले भृकुटीमण्डपमा आमसभा आयोजना गर्न उपयुक्त नभएको जनाएको छ । प्रशासनले आमसभाका लागि सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्न अनुरोध गरेको छ ।

भृकुटीमण्डप क्षेत्रमा शिक्षकहरूको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रमलगायत पूर्वनिर्धारित कार्यक्रमहरू रहेकाले राप्रपालाई सिफल चौर वा बल्खु क्षेत्रमा कार्यक्रम गर्न प्रशासनले अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077