Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

काठमाडौं प्रशासनले राप्रपालाई भृकुटीमण्डपमा लगायो रोक, अब बल्खुमा हुनेछ सभा

काठमाडौं प्रशासनले राप्रपालाई भृकुटीमण्डपमा लगायो रोक, अब बल्खुमा हुनेछ सभा

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राप्रपालाई भृकुटीमण्डपमा सभा गर्न रोक लगाएको छ ।

राप्रपाले भृकुटीमण्डपमा सभा गर्न लागेको भन्दै चैत २२ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई इमेलमार्फत् जानकारी गराएको थियो ।

तर,  जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खु वा सिफलमा सभा गर्न राप्रपालाई आग्रह गरेको थियो ।

सोही अनुसार राप्रपाले बल्खुमा सभा गर्ने निर्णय गरेको हो ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मंगलबारको सभा बल्खुमा हुने र सो सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुले सम्बोधन गर्ने बताएका छन् ।

राष्ट्रिय जनमोर्चाको पूर्वनिर्धारित कार्यक्रम र शिक्षकहरुको आन्दोलन पनि भइरहेकाले सुरक्षा संवेदनशीलताका हिसाबले राप्रपाले माग गरे अनुसार भृकुटीमण्डपमा सभा गर्न दिन उपयुक्त नभएको निष्कर्ष जिल्ला सुरक्षा समितिको बैठकले निकालेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077