Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कारागार जादैगर्दा रविले भने – अदालतको आदेशप्रति सम्मान छ

कारागार जादैगर्दा रविले भने – अदालतको आदेशप्रति सम्मान छ

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)का सभापति रवि लामिछाने कारागार चलान हुँदै गर्दा अदालतको आदेशप्रति संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

कारागार चलानको क्रममा लामिछानेले भनेका छन्–‘अदालतको आदेशमा केही भन्नु छैन, सम्मान छ ।’

गत शुक्रबार उच्च अदालत बुटवलको तुलसीपुर इजलासले गरेको आदेशलगत्तै पक्राउ परेका लामिछानेलाई सोमबार कारागार चलान गरिएको हो ।

उनलाई शनिबार भैरहवा लगिएको थियो । सार्वजनिक विदाका कारण शनिबार र आइतबार हिरासतमा बिताएका लामिछाने सोमबार कारागार चलान भएका हुन् ।

जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीका अनुसार लामिछानेलाई ब्लक नम्बर ४ मा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077