Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

शिक्षकहरूलाई प्रधानमन्त्रीले भने - सडकमा सुत्न पर्दैन, वार्तामा आए जायज माग पूरा गर्छु

शिक्षकहरूलाई प्रधानमन्त्रीले भने - सडकमा सुत्न पर्दैन, वार्तामा आए जायज माग पूरा गर्छु

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुलाई वार्तामा आउन आह्वान गरेका छन् ।

सोमबार हिमालयन डायलगलाई सम्बोधन गर्ने क्रममा उनले शिक्षकहरूलाई सडकमा दुःख नपाउन र आन्दोलन नगरी कुराकानीबाट समाधान खोज्न आह्वान गरेका हुन् ।

उनले जायज माग लिएर वार्तामा आए सम्बोधन गर्न तयार रहेको बताए । उनले भने, “अहिले शिक्षक आन्दोलन चलिरहेको छ, किन चलाउनुभएको हो मलाई थाहा छैन । म प्रधानमन्त्री छु, म भनिरहेको छु- जायज माग लिएर आउनुहोस्, आन्दोलन गर्नुपर्दैन, हामी सम्बोधन गर्न तयार छौं।”

प्रधानमन्त्री ओलीले शिक्षकहरूलाई सडकमा गएर सुत्नु नपर्ने र दुःख नपाउने गरी सरकारसँग संवाद गर्न सुझाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077