Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चीनलाई ५० प्रतिशत नयाँ कर लगाउने ट्रम्पको चेतावनी

चीनलाई ५० प्रतिशत नयाँ कर लगाउने ट्रम्पको चेतावनी

मंगलवार , चैत्र २५, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा नयाँ कर लगाउने चेतावनी दिएका छन् ।

ट्रम्पले चीनले अमेरिकामाथि लगाएको ३४ प्रतिशत प्रतिशोधात्मक कर फिर्ता नगरे मंगलबारदेखि चीनमा नयाँ कर लगाउने चेतावनी दिएका हुन् । ट्रम्पले चीनमा लगाइने नयाँ कर ५० प्रतिशत हुने बताए ।

अमेरिकी राष्ट्रपतिको कार्यालयले अप्रिल ९ देखि चीनबाट अमेरिका आउने सामानमा ३४ प्रतिशत कर लगाउने बताएको थियो, त्यसपछि चीनले शुक्रबार अमेरिकामा पनि यस्तो कर लगाउने घोषणा गरेको थियो ।

यसैबीच, डोनाल्ड ट्रम्पले फेरि ट्रुथ सोसलमा ट्यारिफसम्बन्धी आफ्नो नीतिहरूको रक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077