Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अमेरिकी ट्यारिफले आकाश नखस्ने चीनको टिप्पणी

अमेरिकी ट्यारिफले आकाश नखस्ने चीनको टिप्पणी

मंगलवार , चैत्र २५, २०८१

एजेन्सी । चीनले अमेरिकी ट्यारिफले आकाश नखस्ने टिप्पणी गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार चीनमाथि अतिरिक्त ट्यारिफ लगाउने धम्की दिएपछि चीनले उक्त टिप्पणी गरेको हो।

ट्रम्पको धम्कीलाई चिनियाँ वाणिज्य मन्त्रालयले ‘एक अर्को ठूलो गल्ती’ बताएको छ ।

मन्त्रालयले अमेरिकाको कुनै पनि प्रकारको धम्कीलाई स्वीकार नगर्ने र अन्तिमसम्म ट्यारिफविरुद्ध पूरै ताकतले लड्ने चेतावनी दिएको छ।

चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले पनि यो यो ट्यारिफ युद्धबारे आफ्नो अखबार पिपल्स डेलीमा लेख प्रकाशित गरेको छ ।

उक्त लेखमा चीनको प्रतिक्रिया उचित, कानुनी, मजदबुद र संयमित रहेको बताइएको छ ।

अमेरिकाले विश्वलाई आफ्नो शक्ति देखाउन ट्यारिफको रवैया देखाएको आरोप लेखमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077