Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

महाराज हिजो होइबक्सिन्थ्यो, तर अब छैनन् : गगन थापा

महाराज हिजो होइबक्सिन्थ्यो, तर अब छैनन् : गगन थापा

मंगलवार , चैत्र २५, २०८१

गुल्मी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालसँग राजतन्त्र भनेर भुलिने समय नभएको बताएका छन् ।

मङ्गलबार कांग्रेस गुल्मीको जिल्ला तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले इतिहासमा समाप्त भइसकेको विषयमा अनावश्यक बहस गर्नुको साटो अब प्रगतिशील सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

'अब प्रगतिशील चिन्तन गर्ने बेला हो। इतिहासमा थन्काइसकेको, अब भयो, पुग्यो भनेको फालिएको विषयमा अनावश्यक बहस चाहिँदैन । अब हामीसँग अलमलिने समय छैन। हिजो महराज होइबक्सिन्थ्यो, तर अब छैनन्,' उनले भने ।

साथै उनले कांग्रेसको अधिवेशन समयमै हुने दाबी गरे । कसैले पार्टीको अधिवेशन समयमै हुन्न भनेर हल्ला गरेमा त्यसको पछि नलाग्न महामन्त्री थापाको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077