Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज, यस्ता छन् एजेन्डा

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज, यस्ता छन् एजेन्डा

बुधवार , चैत्र २६, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै छ ।

पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालयको बैठक बस्न लागेको हो । बैठक दिउँसो ४ बजे बस्ने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा पार्टी अधिवेशन, जनयात्रा कार्यक्रम, अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने उनले बताए ।

बैठकमा प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्य सम्बन्धमा समेत छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077