Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

युनुससँग बंगलादेशको सत्ता चलाउने संवैधानिक आधार छैन : शेख हसिना

युनुससँग बंगलादेशको सत्ता चलाउने संवैधानिक आधार छैन : शेख हसिना

बुधवार , चैत्र २६, २०८१

एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मोहम्मद युनुसलाई सत्तामा रहने संवैधानिक अधिकार नभएको बताएकी छन्।

आवामी लिग पार्टीका कार्यकर्तालहरूलाई अनलाइनमार्फत सम्बोधन गर्दै हसिनाले सो कुरा बताएकी हुन् ।

उनले अन्तरिम सरकार प्रमुख युनुससँग सत्ता चलाउने संवैधानिक हैसियत नभएको बताइन् । युनुसले सुनियोजित तवरले सत्ता कब्जा गरेको पनि हसिनाको आरोप छ।

उनले संवैधानिक तवरबाट अझै पनि आफू प्रधानमन्त्री नै रहेको बताएकी छन्। उनले वंगलादेशमा आवामी लिगमाथि प्रतिबन्ध लगाउनुपर्ने मागबारे पनि आपत्ति जनाएकी छन्।

उनले बंगलादेशलाई शेख मुजिबुर रहमानले अवामी लिगमार्फत एकजुट गरेको र स्वतन्त्रता दिलाएको नभुल्न पनि अनुरोध गरिन्।

गत अगस्ट ५ मा बंगलादेशमा विद्यार्थीहरूको आन्दोलन उत्कर्षमा पुगेपछि हसिना बंगलादेशबाट भागेर भारत पुगेकी थिइन्। अहिले उनी भारतकै शरणमा छिन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077