Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

राप्रपा नेता लोहनीले भने–आन्दोलन जुनसुकै तहमा पुगेर भएपनि सफल हुन्छ

राप्रपा नेता लोहनीले भने–आन्दोलन जुनसुकै तहमा पुगेर भएपनि सफल हुन्छ

बुधवार , चैत्र २६, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टीले शुरु गरेको आन्दोलन जुनसुकै तहमा पुगेर भएपनि सफल गराउने बताएका छन् ।

राजावादी शक्तिहरूको समूह संयुक्त जनआन्दोलन समितिले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता लोहनीले शान्तिपूर्ण आन्दोलनलाई कम्जोर नसम्झन चेतावनी दिए ।

‘उनले भने,‘हामी शान्तिपूर्ण संघर्षमा जान्छौँ । तर शान्तिपूर्ण संघर्षलाई कमजोर नसम्झ । अत्याचार दूराचार सहेर राप्रपा मुख बन्द गरेर बस्दैन अब संघर्ष गर्ने समय आएको छ ।’

नेता लोहनीले राज्यको क्रुरतालाई सहेर पार्टी चुप नबस्ने भन्दै संघर्ष शान्तिपूर्ण वा हिस्रक दुवै हुनसक्ने चेतावनी दिए ।

नेपालीहरूलाई मनोवैज्ञानिक सुरक्षाका लागि राजसंस्था चाहिएको उनको जिकिर थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077