काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टीले शुरु गरेको आन्दोलन जुनसुकै तहमा पुगेर भएपनि सफल गराउने बताएका छन् ।
राजावादी शक्तिहरूको समूह संयुक्त जनआन्दोलन समितिले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता लोहनीले शान्तिपूर्ण आन्दोलनलाई कम्जोर नसम्झन चेतावनी दिए ।
‘उनले भने,‘हामी शान्तिपूर्ण संघर्षमा जान्छौँ । तर शान्तिपूर्ण संघर्षलाई कमजोर नसम्झ । अत्याचार दूराचार सहेर राप्रपा मुख बन्द गरेर बस्दैन अब संघर्ष गर्ने समय आएको छ ।’
नेता लोहनीले राज्यको क्रुरतालाई सहेर पार्टी चुप नबस्ने भन्दै संघर्ष शान्तिपूर्ण वा हिंस्रक दुवै हुनसक्ने चेतावनी दिए ।
नेपालीहरूलाई मनोवैज्ञानिक सुरक्षाका लागि राजसंस्था चाहिएको उनको जिकिर थियो ।