Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै गगनले भने - काम गर्न छाडेर भाषण गर्दै हिँडेका छन्

प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै गगनले भने - काम गर्न छाडेर भाषण गर्दै हिँडेका छन्

बुधवार , चैत्र २६, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री र मन्त्रीहरु काम गर्न छाडेर उद्घाटन र भाषण गर्दै हिँडेको बताएका छन् ।

रुपन्देही क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् । उनले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको कामप्रति असन्तुष्टि जनाए।

उनले प्रधानमन्त्री र मन्त्रीहरु काम गर्न छाडेर उद्घाटन र भाषण गर्दै हिँडेको भन्दै असन्तुष्टि जनाए।

महामन्त्री थापाले भने, ‘हामीले सरकारलाई सहयोग गरिरहेका छौं, तर हामीले असन्तुष्टि व्यक्त गरिरहेका छौं । किनभने बिँड तातेरमात्रै हुँदैन रहेछ, ताप्के ताप्नुपर्छ । ताप्के भनेको सरकारको नेतृत्व गरेको प्रधानमन्त्री हो । म अहिले प्रधानमन्त्रीलाई सुझाव दिने ठाउँमा छु, झकझकाइरहेको छु।’

महामन्त्री थापाले सहकारीको विषय आफूहरुले उठाएको भन्दै ठगहरुलाई पनि ठेगान लगाउनुपर्ने बताए ।

सहकारी पीडितहरुको बचत फिर्ता गराउनुपर्ने भने पनि अहिलेसम्म दिन नसकेको उनले स्वीकारे।

महामन्त्री थापाले कांग्रेस अहिले जिम्मेवारीमा भए पनि केही समस्याहरु देखिएकाले सुधार गरेर अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077