Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

अघि बढ्यो खुमबहादुर खड्काको जग्गा जफत गर्ने प्रक्रिया

अघि बढ्यो खुमबहादुर खड्काको जग्गा जफत गर्ने प्रक्रिया

बुधवार , चैत्र २६, २०८१

काठमाडौं । नेपाली कांग्रेसका दिवङ्गत नेता खुमबहादुर खड्काले भ्रष्टाचार गरेर कमाएको जग्गा जफत गरेको छ।

कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले खड्काको सानेपास्थित जग्गा जफतको प्रक्रिया अघि बढाएको हो।

गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले सर्वोच्च अदालतको आदेश अनुसार जग्गा जफतका लागि प्रक्रिया अघि बढाइएको जनाएको छ ।

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैजनाथ उपाध्यायको इजलासले ३० साउन २०६९ मा पूर्वमन्त्री खड्कालाई भ्रष्टाचार कसुरमा दोषी ठहर गर्दै जग्गा जफत गर्ने फैसला सुनाएको थियो ।

सर्वोच्चले फैसलामा साविकको ललितपुर नगरपालिका वडा नम्बर–२ मा खड्काकी श्रीमती शीला शर्मा खड्काको नाममा रहेको कित्ता नम्बर १०७ को एक रोपनी ६ आना र कित्ता नम्बर १८३ को एक आना एक पैसा जग्गाबाट २० लाख ५६ हजार ९८७ रुपैयाँ २ पैसा बराबरको जफत गर्न भनिएको थियो ।

त्यो जग्गामा खड्काको घर रहेकाले फैसलामा घर बाहेक जग्गाबाट असुल उपर गर्ने भनेर उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077