Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कांग्रेसलाई अलमलिने, अत्तालिने र बरालिने छुट छैन : गगन थापा

कांग्रेसलाई अलमलिने, अत्तालिने र बरालिने छुट छैन : गगन थापा

बुधवार , चैत्र २६, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसलाई अलमलिने, अत्तालिने र बरालिने छुट नभएको बताएका छन् ।

कांग्रेसको रुपन्देही-१ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।

महामन्त्री थापाले गुटबन्दी र पार्टी सदस्यले कमजोर महसुस गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने विधि प्रस्ताव गरे । उनले कांग्रेसका सदस्यहरूमा बेचैनी बढेको र पार्टी नै अलमलिएको अवस्था आफूले देखेको बताए।

महामन्त्री थापाले भने,‘पार्टीभित्र बेचैनी बढेको छ, त्यसले पार्टी अलमलिन्छ। तर नेपाली कांग्रेसलाई अलमलिने, अत्तालिने र बरालिने छुट छैन।’

थापाले कांग्रेसका सदस्यहरूमा बेचैनी बढेको र पार्टी नै अलमलिएको अवस्था आफूले देखेको बताए ।

कांग्रेस बरालिंदा सिंगो देशलाई क्षति पुग्ने उनको भनाई छ । कांग्रेस बरालिंदा सिंगो देशलाई क्षति पुग्ने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077