Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

गृहमन्त्री लेखकको निर्देशन - असल व्यवहार गरेर सेवा प्रवाह गर्नू

गृहमन्त्री लेखकको निर्देशन - असल व्यवहार गरेर सेवा प्रवाह गर्नू

बुधवार , चैत्र २६, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले असल व्यवहार गरेर सेवा प्रवाह सुधार गर्न निर्देशन दिएका छन् ।

मुलुकभरमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समिति र मन्त्रालयका विभागीय प्रमुखहरुसितको भर्चुअल बैठकमा बोल्दै मन्त्री लेखकले सो निर्देशन दिएका हन् । उनले सेवा प्रवाहसित असल व्यवहार, बानी र बचनसंग जोडिएको धारणा राखे ।

“सेवा प्रवाहको विषय असल बचनसित पनि जोडिएको हुन्छ,' गृहमन्त्री लेखकले भने, 'सेवाग्राहीहरुसित असल व्यवहार, नम्र र शिष्ट रुपमा प्रस्तुत हुन थप बजेट आवश्यक पर्दैन् ।”

उनले सिमित स्रोतसाधन, जनशक्ति र भौतिक पुर्वाधारको अभावका बिच पनि काम गर्नुपरेको बताए ।

“सेवा प्रवाह सुधारको विषय पहिलो नम्बरमा राखेर काम गर्नुपर्छ । अरुको सेवा प्रवाहको अनुगमन गर्ने दायित्व पनि हाम्रो हो । कार्यसम्पादनमा ध्यान दिन आग्रह गर्दै उहाँले सेवा प्रवाह सुधारका साथै हेल्प डेष्क र टोकन प्रणाली लागू गर्नेमा जोड दिनुहोला,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077