Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

तीनवटा संसदीय समितिको बैठक बस्दै, बजेटबारे अर्थमन्त्रीसँग छलफल हुने

तीनवटा संसदीय समितिको बैठक बस्दै, बजेटबारे अर्थमन्त्रीसँग छलफल हुने

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार पूर्वाधार विकास समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

बैठक बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा चालु आर्थिक वर्ष ०८१र०८२ को बजेटको खर्चको स्थिति र अगामी आर्थिक वर्ष ०८२र०८३ को बजेटको तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

बिहान १० बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारीलाई बोलाइएको छ ।

यसैगरी, बिहान ११ बजेका लागि बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077