Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

युक्रेनले भन्यो – रुसी आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु, ८३ घाइते

युक्रेनले भन्यो – रुसी आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु, ८३ घाइते

आइतवार , चैत्र ३०, २०८१

एजेन्सी । युक्रेनको सुमीमा भएको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

युक्रेनका गृहमन्त्री र त्यहाँको सरकारी आपत्‌कालीन सेवाले आफ्नो टेलिग्राम च्यानलमा यसबारे जानकारी दिएका हुन् ।

घटनामा सात बालबालिकासहित ८३ जना घाइते भएका छन् ।

युक्रेन राष्ट्रपति जेलेन्स्कीले मृत्यु हुनेको सङ्ख्या ‘प्रारम्भिक तथ्याङ्क’मा आधारित रहेको र मानिसहरू सडक, कार, सार्वजनिक यातायात, घर घाइते भएको बताए ।

युक्रेन राष्ट्रपति जेलेन्स्की भने,‘अमेरिका, युरोप, संसारका सबैजना यो युद्ध र हत्याको अन्त्य चाहन्छन् । रूसले ठ्याक्कै यस्तै प्रकारको आतङ्क चाहन्छ र यो युद्धलाई तानिरहेको छ । दबाब बिना शान्ति असम्भव छ । वार्ताले ब्यालिस्टिक क्षेप्यास्त्र र हवाई बम कहिल्यै रोकेको छैन ।’

आपत्‌कालीन सेवाले त्यहाँ पीडितहरूलाई सम्भव भएसम्म सबै सहयोग प्रदान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077