Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

६ जना महिलाको समूह अन्तरिक्ष यात्रापछि सुरक्षित फर्कियो

६ जना महिलाको समूह अन्तरिक्ष यात्रापछि सुरक्षित फर्कियो

मंगलवार , बैशाख २, २०८२

एजेन्सी । पप गायिका केटी पेरीसहित सबै ६ जना महिला लगभग ११ मिनेट लामो अन्तरिक्ष यात्रापछि सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन् ।

पप गायिका केटी पेरीसहितको टोली गीत गाउँदै अन्तरिक्षमा पुगेको हो ।

विभिन्न क्षेत्रका ६ जना महिलाको समूह बोकेको यानले प्रतिघण्टा २ हजार ३ सय माइलको अधिकतम गतिमा यात्रा गरेको छ । यो ध्वनिको गतिभन्दा तीन गुणा बढी हो ।

यस टोलीमा पप गायिकासहित समूहको नेतृत्व गर्ने लरेन सान्चेज, पत्रकार गेल किङ, नागरिक अधिकार वकिल अमान्डा इन्गुएन, पूर्व नासा रकेट वैज्ञानिक आइशा बोवे र फिल्म निर्माता करिन फ्लिन रहेका थिए ।

६ जना महिलाको टोलीलाई जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनले ’न्यू शेपर्ड रकेट’ मार्फत अन्तरिक्षमा पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077