Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

युक्रेनमा लाखौंको ज्यान जानुमा पुटिनसँगै जेलेन्स्की पनि जिम्मेवार : ट्रम्प

युक्रेनमा लाखौंको ज्यान जानुमा पुटिनसँगै जेलेन्स्की पनि जिम्मेवार : ट्रम्प

मंगलवार , बैशाख २, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा लाखौं मानिसको मृत्युको जिम्मेवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की दुबै रहेको बताएका छन्।

ट्रम्पले युक्रेन युद्धको विषयमा ह्वाइट हाउसमा पत्रकारहरूसंग कुरा गर्दै मंगलबार उक्त कुरा बताएका हुन्।

ट्रम्पले यस युद्धको लागि पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि दोष दिएका छन्।

युद्ध सुरु गर्नेले युद्ध जित्न सकिन्छ कि नाइँ भन्ने कुरा बुझ्नुपर्ने ट्रम्पले बताए ।

यसअघि, आइतबार रुसले युक्रेनको उत्तरपूर्वी शहर सुमीमा घातक आक्रमण गरेको थियो।

यसमा धेरै मानिसहरू मारिएका छन्।

यस विषयमा व्यापक आक्रोश व्यक्त गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077