Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ट्रम्पको निशानामा विश्वविद्यालय पनि

ट्रम्पको निशानामा विश्वविद्यालय पनि

मंगलवार , बैशाख २, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निशानामा हार्वर्ड विश्वविद्यालय पनि परेको छ ।

ह्वाइटहाउसमा पुनरागमन गरेपछि खर्च कटौतीको लागि भन्दै अनेक प्रतिबन्ध र आर्थिक सहायता रोक्का गर्दै आएका ट्रम्पको निशानामा विश्वविद्यालय पनी परेको हो ।

नीति सुधारका लागि गत साता पठाइएको सूची अस्वीकार गरेको कारण देखाउँदै ह्वाइट हाउसले हार्वर्डको दुई अर्ब डलरको कोष नै रोक्का गरेको छ ।

ह्वाइट हाउसले गत साता हार्वर्डलाई मागहरूको सूची पठाएर नीतिगत परिवर्तनको लागि भनेको थियो ।

ट्रम्प प्रशासनले पठाएका मागमा शासन, भर्ना अभ्यास र भर्ना प्रक्रियाहरूमा परिवर्तनहरू समावेश थिए ।

राष्ट्रपति ट्रम्पले गत वर्ष गाजामा भएको युद्ध र इजरायललाई अमेरिकी समर्थनको विरोधमा देशभरका कलेज क्याम्पसहरू उथलपुथल हुँदा प्रमुख विश्वविद्यालयहरूले यहुदी विद्यार्थीहरूलाई सुरक्षा दिन असफल भएको आरोप लगाएका छन् ।

त्यसैलाई मध्यनजर गर्दै उनले हार्वर्ड विश्वविद्यालयको शैक्षिक प्रणाली, भर्ना अभ्यास र भर्ना प्रक्रियाहरूमा परिवर्तनको लागि भनेको थियो ।

उक्त मागहरू हार्वर्डले अस्वीकार गरेपछि ट्रम्प प्रशासनले सोमबार कोषमा भएको रकम रोक्का गर्ने निर्णय गरेको हो ।

हार्वर्डलाई पठाइएको पत्रमा मागहरूको अद्यावधिक र विस्तारित सूची पठाइएको थियो । साथै, ट्रम्प प्रशासनले सरकारसँगको आर्थिक सम्बन्ध कायम राख्न सरकारले भनेको कुरा पालना गर्नुपर्ने चेतावनी पनि दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077