एजेन्सी । हमासले इजरायलको नयाँ युद्धविराम प्रस्तावलाई औपचारिक रूपमा अस्वीकार गरेको छ ।
हमासले सबै बन्धकहरुको रिहाइको सट्टामा युद्ध समाप्त गर्ने र प्यालेस्टिनी बन्दीहरूलाई पनि रिहाइ गर्ने सहमतिको लागि मात्र तयार रहेको प्रतिक्रिया दिएको हो।
हमासका प्रमुख वार्ताकार खलील अल-हय्याले भिडियो सन्देशमार्फत आफ्नो भनाइ सार्वजनिक गरेका छन्।
इजरायलले अगाडि सारेको नयाँ प्रस्तावमा १० जना बन्धकहरूको रिहाइको सट्टामा ४५ दिनको युद्धविराम प्रस्ताव गरिएको थियो।
त्यसैबीच, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही घण्टा अघि इजरायली हवाई आक्रमणमा ३७ जनाको मृत्यु भएको जनाएको छ ।
यद्यपि, इजरायली सेनाले यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।