Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

ट्रम्प प्रशासनमा लाग्दा टेस्लाको नाफा ह्वात्तै घट्यो, ट्रम्पको साथ छोड्ने मस्कको संकेत

ट्रम्प प्रशासनमा लाग्दा टेस्लाको नाफा ह्वात्तै घट्यो, ट्रम्पको साथ छोड्ने मस्कको संकेत

बुधवार , बैशाख १०, २०८२

एजेन्सी । अमेरिकी अर्बपति व्यापारी तथा ओरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी एलन मस्कको कार कम्पनी टेस्लाको मुनाफामा झन्डै ७० प्रतिशतले घटेको छ ।

मुनाफामा आएको गिरावटसँगै मस्कले ट्रम्प प्रशासनको सरकारी कार्यदक्षता विभाग (डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी–डीओजीई) बाट अलग हुने संकेत गरेका हुन् ।

टेस्ला प्रमुख मस्कले कम्पनीको चालु वर्षको सुरुआती त्रैमासिक मुनाफा र आम्दानीमा अत्याधिक गिरावट आएका कारण ट्रम्प प्रशासनमा आफ्नो भूमिका कम गर्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।

नयाँ ह्वाइट हाउस प्रशासनमा मस्कको संलग्नतापछि उनीप्रति जनताको आक्रोस बढेका कारण टेस्ला कारको बिक्रीमा भारी गिरावट आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077