Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ब्राजिलका पूर्वराष्ट्रपति भ्रष्टाचार आरोपमा समातिए

ब्राजिलका पूर्वराष्ट्रपति भ्रष्टाचार आरोपमा समातिए

शुक्रवार , बैशाख १२, २०८२

एजेन्सी । ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलो पक्राउ परेका छन् ।

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा सर्वोच्च अदालतले झण्डै ९ वर्षको जेल सजाय सदर गरेपछि शुक्रबार उनलाई पक्राउ गरिएको हो ।

ब्राजिलमा प्रजातान्त्रिक रूपमा निर्वाचित पहिलो राष्ट्रपति कोलोर डे मेलोलाई सन् १९९२ मा काङ्ग्रेसले घुस लिएको आरोपमा महाभियोगको प्रक्रिया सुरु गरेको थियो ।

एक निर्माण कम्पनी र ब्राजिलको सरकारी तेल कम्पनी पेट्रोब्रासको पूर्व सहायक कम्पनीबीच ‘अनियमित रूपमा सम्झौता गर्न’ रकम लिएको उनीमाथि आरोप छ।

जसका कारण उनले कार्यकाल नसकिँदै राजीनामा दिएका थिए । ७५ वर्षीय उनलाई देशको उत्तरपूर्वी क्षेत्रबाट पक्राउ गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077